पहाडकी रानी भनेर चिनिन्ने वसन्तपुर बजार, लालीगुराँश फुलको राजधानी तिनजुरे पहाडको काखमा अवस्थित छ । नागी डांडा, सानो पार्टी पौवा, चित्रको गोठ, खरको र टिनको छानो हुँदै अहिलेको यो प्रारुमा आईपुगेको हो यो वजार। सामुद्रिक सतहबाट २२८० मिटर उचाईमा रहेको यो बजारहावापानी र मौषमको हिसावले वसोवास गर्नको लागी अति उपयुक्त ठाउँ मध्यको एक हो।
विक्रम सम्वत २०४६ साल तिरै नै याताको पहुँच पुगेको योबजार पहाडी क्षेत्रका वजारहरु मध्ये एक सुगम वजारहरुमा पर्दछ। पुर्वको मुख्य शहर धरान बाट विचका ससना बजारहरु; भेडेटार, धनकुटा, हिले, सिंधुवा हुँदै करिव ३ घण्टाको वस यात्रा पश्चात यो बजार पुग्न सकिन्छ।
चार जील्लाहरु (तेरह्थुम, सँखुवासभा, ताप्लेजुंग र धनकुटा) को संगम स्थलमापर्ने हुनाले कहिले काँही यो वजारलाई पुर्वी क्षेत्रको मुल द्वावार भनेर पनि चिनिन्ने गरिन्छ। पर्यटकिय, व्यापारीक र भौगोलिक दृष्टिकोणको हिसावले योठाउँ बढो महत्वपूर्ण स्थानमा रहेको छ। पुर्वका हिमालहरु मकालु, कुम्भकर्ण र कञ्चनजंगा जाने पर्वतारोहीहरुको गन्तव्य तिर प्रस्थान गर्ने साथै, प्रसिद्धधार्मिक स्थलहरु; सभापोखरी, मनकामना र पाथीभरा मन्दिरहरुमा तिर्थ-यात्रीहरु दर्शन गर्न लम्कने मार्ग पनि यहि वजार हुँदै हो। त्यति मात्र नभएर पुर्वक्षेत्रको प्रख्यात ‘तिनजुरे मिल्के जलजले लालीगुराँस पदमार्ग’ पनि यहि वजारको आँगन बाट शुरु हुन्छ। ‘कोशी करिडोर’ भनेर चिन्निने विराटनगर देखिकिमाथा्ंका (नेपाल चीन सिमाना) सम्मको बाटो साथै मध्य पहाड़ी राजमार्ग पाँच्थरको चियो भन्ज्याँग देखि लिएर पश्चिम बैतडीको झुलाघाट सम्मकाराष्ट्रीय गौरव योजनाका सडक पनि यहि बाज़ारमा ठोकिएर जाने हुनाले यो बजारलाई पुर्वको सामरिक महत्व वोकेको बजारमा भन्न सकिन्छ। त्यसैलेगर्दा सरकारले पहिलो चोटी पहिचान गरेका दशवटा मध्य पहाड़ी शहरहरु मध्य यो पनि एक ठाउँ हो। नेपाल सरकारको एक अंग शहरी विकाशले केहिआधारभूत विकाशका स्तम्भहरु खड़ा गर्दै गरेको अवस्था छ।
ऋतुहरु परिवर्तन भए संगै यो बजारको रुपरंगहरु फेरिन्छन। परिवर्तनशिल रुप लाईअवलोकन गर्न घरदेशी देखि प्रदेशीहरु विभिन्न सिजनहरुमा उतिकै ओईरीरहेका हुन्छन। वसन्त ऋतुमा (फाल्गुन – वैशाख) तिनजुरे पहाडमा फूलेकोगुराँशका फूलहरुको ज्योति ले यो वजारलाई अर्कै किसिमको रनक दिन्छ। त्यतिवेला गुराँशको फूलहरु अवलोकन गर्न आउने आन्तरिक तथा बार्हपर्यटकहरुको घुईंचो थाम्न निकै हम्मे हुन्छ यहाँका होटल व्यवसायीहरुलाई। त्यो समयमा मौषम स्वछ हुने हुँदा टाढा टाढाका हिमश्रंखलाहरु लाईनलागेर हाँस्दै जिस्की रहेको देखिन्छन । अनि अलिक पर क्षितिज माथी निर्मल निलो आकाशमा उडदै गरेका बादलका गुच्छाहरुले आउ म संग सेल्फिखिच भनेर निम्तो गरिरहेका हुन्छन।
शहरी कोलाहल र व्यस्त जीवनको तनावबाट राहत दिलाई मनको मयल पखाल्न साथै प्रदुशित हावाले भरिएकाफोक्सो सफा गरि स्वछ हावा लिन तराई वा ठुला ठुला शहरहरु वाट आउने पर्यटक हरुको लस्कर पनि उतिकै हुन्छ। तिनजुरे शिखर र चामजिंग डाँडाबाट,सुर्योदय दृश्यावलोकन गर्दा आउने असिम आन्नदको वयान गरि नसक्नु छ। साँझपख सुर्यास्तमा, घामका किरण हिमालसित बिदा मागेर घर जांदैगर्दा हिमचुलीहरू सुनौला गुन्युचोलीमा सिँगारिएका देख्दा लाग्छ, भू-स्वर्ग भनेको यहि नै हो। हिउँद ऋतुमा (मंसिर – माघ) यो बजार सेतो घुम्टो ओढेरतन्नेरी हरु संग जिस्किन्दै वसे आभास हुन्छ । त्यति खेरी यो क्षेत्रमा हिउँको सेतो संसार सृजना हुन्छ। वैंसले विष्फोट हुन लागेका तरुना-तन्नेरिहरुको हुलहिउँमा लठारिन्दै हिंडिरहेका हुन्छन।
ग्रीष्म ऋतु वा वर्षयाम ( आषाढ़- भदौ) भने यो बजार निकै रिसाएको वसेको जस्तो भान हु्न्छ। वर्षा र कालोबादलको कम्वल ओडेर गम्मक परेर अनुहार लुकाएर वसेको हुन्छे यी पहाडकी रानी। हिलो मैलो, सफासुघर पनि केहि नगरी लोग्ने संग झोक्किएरवसेकि महिला जस्तै हुन्छे। रिसाएको अनुहार हेर्न पर्यटक नआउने भएकोले त्यति खेर यो बजारको चहलपल न्युन रहन्छ। खुल्ला मौषममा देखिनेहिमश्रिंखला र पहाडहरु बादलभित्र हराएपछि सुन्य लाग्छ यो संसार । घामको उज्यालो नपर्दा उदासिन र उराठ लाग्दो बन्न पुग्छ धर्तीको एक टुक्रा स्वर्गपनि ।
यो बजारमा वहुजाती, वहुधार्मिक र वहुसंस्कृतिहरु अवलम्वन गर्ने मिश्रित मानिसहरुको बसोबास छ। धेरै जात जाती र धर्महरुमा आबद्ध रहेकामानिसहरु भएतापनी यो ठाउँ शान्त र सुन्दर छ। यहाँका वासिन्दाहरु बढो मैत्रिपुर्ण र सामाजिक छन। खुल्ला हर्दय र सहयोगी भावनाले मुटु भरिएकाशभ्य मानसिहरुको वसोवास छ यो बजारमा। चिसो मौषममा शरिरलाई तातो र न्यानो राख्न यो ठाउँको जैविक उत्पादन कोदोको तोंवा, तिनपानेस्थानिय रक्सि र राँगाको वा याक चौरीको सुकुटि अति प्रचलित खुराक हरु हुन।
अर्ज्ञानिकहरुको पनि राजा अर्ज्ञानिक सागसव्जी निंगुरो र सिस्नु संगलोकल कुखुराको झोलको साथमा राष्ट्र खाना ढिंडो स्थानिय मौलिक तरिका बाट तयार पारिएको भोजन खाँदा शरिरमा वेग्लै किसिमको तन्दुरुस्तपनसृजना हुन्छ। यो स्थानीय स्वादिष्ट खानाको स्वाद जिव्रोमा जमेर वस्दछ। वजारका वरिपरी सुन्दर मन लोभ्याउने उद्यानहरु निर्माण गरिएका छन। तीमध्ये यो ठाउँका स्थानिय वासिन्दा लिम्वु जातीहरुको परम्परामा र संस्कारमा आधारित निर्माण गरिएको ‘चोत्लुंग पार्क’ पर्यटक आकर्षण गर्ने गुरुत्ववलको रुपमा विकाश हुंदै छ। यहि पार्कमा अवस्थित युमा संग्रहालय पनि अर्को शैक्षिक पर्यटनको निम्त्याउने केन्द्रको रुपमा उदाउंदै छ। वजारकोपश्चिम दिशामा अवस्थित माकालु पार्क अनि त्यहाँ वनाईएको भिउ टावर बाट मकालु हिमाल संग आमुन्ने सामुन्ने भएर आँखा जुधाउँदा जो कोहिको मनमस्तिष्क आनन्द ले भरिन्छ।
समग्रमा यो ठाउँको भौगोलिक बनावट, मानव अनुकुल हावा–पानी, प्राकृतिक सुन्दरता, मानव निर्मित सम्पदा अनि जैविकखुराकहरु साथै स्थानिय रितीरिवाज र परम्पराहरु नै पर्यटकहरुलाई निम्तो गर्ने मुख्य त्तवहरु हुन। यिनै मिश्रित कुराहरुले यो बजारलाई एउटा सुन्दरतस्विरको स्वरुप दिएको छ।