Skip to content

Mabuhangkanchha.com

Bhim Mabuhang's Personal Web Blog

Menu
  • Home
  • Articles
  • Photos
  • Videos
  • About Me
  • Contact Me
Menu

अष्ट्रेलिया डायरी ! 

Posted on December 30, 2023January 16, 2024 by Bhim Mabuhang
Share this post on:
        

तालीमको क्रममा केहि वर्ष अगडि अष्ट्रेलिया जाने साईत निस्कियो । लगभग अपरान्ह १ बजे तिर हामीपश्चिम अष्ट्रेलियाको मुख्य शहर  पर्थको अन्तराष्ट्रिय विमान स्थलमा अवतरण भयौं। गोर्खाली  प्रशिक्षणको लागी अष्ट्रलिया आएका हुन्ने भन्ने कुरा अध्यागमनमा जानकारी भएपछि हामीलाई खासैसोधखोज नगरिकन फटा फट पासपोर्टमा तोक लगाएर नजिकैको ढोका वाट वाहिर जाने अनुमति दिए। तर एउटा अनौठो कुरा के रहयो भने त्यहाँकाे कर्मचारी हरुले हाम्रो जुताको पछाडी पट्टी सोल फर्काउनलगाई धुलो माटो केहि  टाँसिएको होलाकी भनेर राम्ररी चेक जाँच गरे। यस्तो उनिहरुको सुरक्षा जाँच प्रतिमलाई निकै आश्चर्य लागे पछि, मैले हाम्रो सम्पर्क अधिकृतलाई सोध्धा, अष्ट्रलिएनहरु आफनो देश, माटोर पर्यावरण लाई असाध्यै माया गर्दछन त्यसैले अर्काको देश र माहादेशहरुको एउटा सानो माटोको कणसम्म पनि अष्ट्रेलियाको भुगोलमा परेर त्यहाँकाे प्रकृतिहरु लाई असर नपारोस भन्ने उनिहरुको सोच रहेछ।आफनो भुगोल र प्रकृति प्रतीको यस्तो गहिरो माया र प्रगाढ़ प्रेम सायद संसारका कमै मानिसहरु संग होला।

अध्यागमन बाहिर निस्कने बितीकै जाडोले झ्यामै थप्पड़ हान्यो। सिंगापुरको गर्मी मौषममा वस्ने वानीपरेको ज्यानलाई त्यहाँको चिसोले सेकाउँदा मुटुलाई शरिरमा रक्तसंचार गर्न निकै हम्मे परेको महसुसभयो। भु-मध्यरेखा वाट दक्षिण गोलार्द्धमा पर्ने माहादेश वा देश भएको ले हाम्रो जस्तो उतरी गोलार्द्ध पर्नेदेशहरु संगको हावापानी भन्दा ठ्याकै उल्टो हुन्दो रहेछ। जेठ असार भनेको त्यहाँको विशाल जाडो हुनेमहिनाहरु रहेछन  उतिखेर होम्रो देशहरुमा उच्च गर्मी हुने हुन्छ। हामी निर्धारित कार्यतालीका अनुसार मुख्य शहर पर्थ बाट उतर पुर्वमा पर्ने  ‘ विन्दुन सैन प्रशिक्षण क्याम्पतिर हुईकियौं। त्यो ठाउँ मुलत अन्तराष्ट्रिय विशिष्ट सुरक्षाकर्मी हरुले तालिम गर्ने ठुलो सैन्य तालीमअखडा जस्तो रहेछ।  विकशीत देशहरुले आफना सैनिक वा सुरक्षाकर्मीहरुलाई जस्तो सुकै नँया धरातल, मौषम, हावापानि र पर्यावरणमा पनि  चलएमान हुन सकुन भन्ने हेतुले यो ठाउँमा तालीमको लागी पठाउँदारहेछन।यस्ता तालीम केन्द्र हरु चलाए वापत त्यस्को भाडा तिर्नु पर्ने हुनेभएको ले यी सैन प्रशिक्षण केन्द्रहरुपनि देशको आम्दामीको स्रोत हुँदा रहेछन।

यात्रालाई गन्तव्य तिर धकेल्दै गर्दा, बाटोमा ठुला ठुला फलफुलका बंगैचाहरु आँखामा ठोकिन्थे । क्षितिज संग जोडिए झै देखिन्ने विशाल, फराकिला र चिल्लो रोडहरुमा हाम्रो कोच वस एकसय विसकोरफ्तारमा अगाडी बढ्न थाल्यो। सडकका दाँया बाँया प्रायजसो फलफुल गौं जौ गाई वस्तु, भेडा बाख्र रमृगका पालनका विराट फार्महरु देखिन्थे । रोचक कुरा मृगको मासु वजारमा ३ किलो किन्दा साठी डलर जति पर्न जान्थ्यो भने मृग फार्ममा एउटाबढेमानको मृग लाई किन्दा जम्मा सतरी डलर जति पर्थ्यो । अझ तिनवटा मृग किन्यो भने त घरि घरी एउटा सिंगै मृग फ्रि मापनि पाईन्थ्यो। अष्ट्रेलियामा मंहगो श्रमिकको ज्याला हुनको कारण यस्तो भएको रहेछ भन्ने कुरा थाहाभयो।  समथर भूभाग, प्रस्सत र मलिलो जग्गा भएकोले कृषी जन्य कुराहरुको उत्पादन मन्गय हुने रहेछ। कुनै कुनैठाउँमा विशाल गौं र जौ को खेतमा सानो हेलिक्पटर बाट मल हाल्दै गरेको र आधुनिक यन्त्रको प्रयोग गरेरफलफुल सुन्ताला र सट्रवेरिहरु टिपेरहेका देख्दा, कृषीमा क्रान्ति वा आधुनिकरण भनेर नेपालको नेतालेघोक्रो सुकिन्जेल खोक्रो भाषण गरेको कुराहरु यिनै होलान जस्तो लाग्थ्यो ।

कुनैपनि देश वा भूगोल लाई प्रकृतिले राम्रो नराम्रो दुईवटै कुरा प्याकेजमा दिन्छ भने झै अष्ट्रियालाई खनजिस्रोत र साधनको साथै कृषि योग्य जमिनहरु प्रसस्त वर्दान दिए पनि यो पश्चिम अष्ट्रेलिया लाई पिउनेपानिको सम्दर्भमा भने बहुत ठगेको रहेछ । प्रायजसो हामी गएको क्षेत्रमा मानिसहरु आकाशे पानीमा निर्भरहुनुको विकल्प थिएन । त्यहि पानिको अभावले गर्दा पश्चिम अष्ट्रेलियामा आदिवासी एवोर्जिनीहरुको वसोवास सितीमीती नपाईन्दोरहेछ । खानेपानीको लागी ठुला ठुला सयौं फुटबाल प्रांगणहरु जस्ता वालुवाओछ्याएको अनि त्यसको मुनि भूमिगत पानीको ट्यांकि निर्माण गरि आकाशे पानी जम्मा गरेर प्रशोधनगरी पिउने पानी तयार पार्दा रहेछन। गाडी अथवा लुगाधुने ठाउँतिर मुनि मैला पानी संकलनहुने ट्याकि अनिफेरि त्यहिपानी प्रशोधन गरेर निरन्तर त्यहि पानी प्रसारित भईरने प्रणाली जडान गरेका हुँदा रहेछन । 

त्यस्तै गरि अष्ट्रेलीया लाई जहिले सताई रहेने अर्को  प्राकृतीक प्रकोप भनेको ‘बुस फाएर’ अर्थात वनडढेलो हो।  विशेष गरि चट्टान पर्दा उत्पन्न हुने आगोको झिल्का द्वारा हुने आगलागी बाट वार्षिक रुपमा धेरैधन जन र जीव जन्तुहरुको नष्ट गर्दछ । कहिले काँही सुकेका झारहरु हावाले हल्लाउँदा एक अर्कामारगड़िएर वा वन्यजन्तुहरु द्रुतगतीमा दौडनदा उनिहरुको खुट्टाका खुरमा मसिना चट्टान हरु ठोकिएर आगोकोझिल्का निस्की आगलागी हुन्छ भनेर त्यहाँका स्थानियले भनिएको सुनियो। गएको सन २०१९ अन्त्य तिरवाट सुरु भई २०२० सालको जनवरी सम्म लागेको आगोले अष्ट्रलियाको  ईतिहाँसकै ठुलो क्षेति गरेकोथियो ।

 यहाँको सरकारले जस्तो सुकै उपाय र रणनीतिहरु रचेता पनि यस्को सामधान गर्ने सन्तोषजनकउपाय भने पाउन सकेको छैन ।  तालीमको तनाव र धपेडिहरु बाट मनलाई शितल पार्न हामीलाई हिन्द महासागरको तटमा डुलाउनलगिएको थीयो। त्यो महासागरको छेउमा उभिएर चीसो हावा लाई स्पर्श गर्दा लगभग तिस बर्ष अगाडी, श्रीमान स्मारक स्कुल पढदा  चक्र सर ले कान तान्दै माहासागरहरुको नाम घोटाएको कुरा दिमागमा क्लिकभयो। यो एउटा सन्जोग भन्नु पर्ला  सानो छंदा भूगोल पुस्तकमा पढेको कुरा प्रत्यछ देख्न पाईयो। चाँदि झैटल्कने वालुवाका तटमा लडिबडि खेल्दा असिम आनन्द आएको थियो। समुन्द्रको छाल  माथि कुदिरहेकानाउ साथै बार्ह पन्ध्र तले पानी जहाजहरु सयर गरिरहेका यात्रीहरुलाई देख्दा अर्कै लोकमा पुगे झै महसुसहुन्थ्यो।

सामुन्द्रीक तटको सेरोफरोमा अष्ट्रेलियाका  ‘क’बर्ग का मानिसहरुको बसोबास हुँदा रहेछन। वरिपरीचील्ला र फराकील्ला रोडहरू, बिस्कुट झै मिलेका घरहरु, शान्त र  सुन्दर फुलका उधान साथै जताततैहरियाली युक्त देखिन्थे।  दाँया वाँयाको दृश्यहरु हेर्दै जाने क्रममा हामी एउटा सानो फलफुल दोकानमा पुग्यौ। दोकान वरिपरी हेर्यौ,  कोही दोकाने थिएनन। दोकानमा एकातीर फलफुलको र पत्र पत्रिका थुप्रो, र अर्को तीर छेउमा सानो डालीर त्यहाँ भित्र पैसाका थुप्रो थियो। त्यसको मतलब कसैलाई फलफुल वा पत्र पत्रिका चाहिए आफैले डालीभीत्र पैसा राखी चाहिएको कुरा लानु पर्ने रहेछ। जिउँदो सभ्यताको परकाष्ट त्यहाँ देखे मैले। फलामे अनुसासन बाट केहिक्षण मुक्त भएर तालिमको बोझ लाई एकछिन भएपनि विसाएर हामीपशुपतीमा छोडेको साँढे झै ढलक ढलक गर्दै निस्फिक्रीका साथ हावा पिट्दै महासागरको किनार रै किनारहिंडदै थियाैं। एक झण्डै उमेर पैंतालीस जतीको भारतीय नागरिक जस्तो देखिन्ने हाम्रो सामु आई एक्कासि”तंपाईहरु नेपाली हो ? भनेर प्रश्न गरे । अचानक कता कता झ्यामै नेपाली बोल्ने व्यक्ति संग जम्का भेटहुँदा हामी एक्छिन अलमल्ल पर्यौ।  गफ गर्दै जाँदा उहाँ पेशाले माइनिंग ईन्जिनिएर अष्ट्रेलिया बस्दै आएको दश वर्ष जति भएको रहेछ।  हामी संगको भेट घाट र नेपाली भाषा वोल्न पाएकोमा उनि बढ़ो प्रफुल्लित भए। वेनिडिक्ट ले भने जस्तै‘राष्ट्रवादको सृजना रगत बाट नभएर भाषाबाट  हुन्छ, भन्ने भनाई बस्तुपुरक लाग्यो। किनभने यदि हामीलेनेपाली भाषा नवोलेको भए ति व्यक्ति हामी सामु प्रस्तुत हु्न्न थिए होलान। विरानो भूगोलमा भएपनिहामीलाई त्यहि भाषाले जोड्यो।  हामी तट छेउमा रहेको बेन्चमा बसेर केहीवेर गफ गर्यौ। गफगाफ कै प्रसंगमा उस्ले नेपाल प्रती चिन्ताव्यक्त गर्दै निकै संवेदनशील भएर राष्ट्र प्रेमको कुराहरु गरिरहे। त्यती धेरै समय अष्ट्रलियामा विताईआराम र आन्नद ईन्जीनियर जागीर पद पैसा प्रतिष्ठा सबै गोजीमा भएर पनि गाउँ समाज र राष्ट्र प्रतीकोमाया उन्नको मनमस्तिष्कमा जिउँदो भएको देख्दा साँच्चै ‘राष्ट्रीयता भनेको भूगोलमा होईन नागरिक कोमुटुमा ‘ हुन्दोरछे जस्तो लाग्यो। सिमानले नभएतापनि भावनाले नेपाली पन उसको मन मुटुमा ओतप्रोतथियो।  वरिपरिका दृश्य हेरर भोको पेट नभरिएपछी हामी भात वेच्ने  ठाउँहरुको खोजीमा लाग्यौ।  पर्थ शहर भित्रभात वेच्ने रेष्टुराँट पाउन निकै हम्मे पर्यो हामीलाई। जता हेरेपनि रोटी र केकहरु मात्र दोकानहरु देखिन्थेजुन त्यहाँका वासीन्दा हरुको मुख्य खाना रहेछ। निकै वेरको हिंडाई पश्चात एउटा भियतनामी रेष्टुराँटफेला पार्न सफल भयौं।  एशियन को होटल हो पक्कै भात पाईन्छनै भन्ने विचार गरेर प्रवेश गर्यौ। मैले अंग्रेजी मा यहाँ भात पाउँछभनेर सोधें। त्यहाँको कामदारले जवाफमा दुईवटा वटुका पालै पालो देखाउँदै गनगन गर्यो । हामीले बुझ्नसकेनौ। फेरि मैले मेरो न्वारन देखि सिकेको अंग्रजि मिलाएर, सोधे त्यहि ठुलो  र सानो वटुका देखायो। केभनेको हामी कसैले बुझेनौ। एक अर्कामा हेरा हेर मात्र गर्यौ। भोकले रनथन्निएको अवस्था थियो। फेरिएकपट नजिक गएर सोधे त्यति खेर मात्र थाहा पाउन सके ठुलो वटुका मा खाने भए अठार डलर र सानोवटुकामा खाने भए बार्ह डलर रहेछ भातको दाम। भोक शुरमा हामी सबैले ठुलो बटुकाको माग्यौ र वेलुन झैपेट फुलाएर आफनो भ्रमण निरन्तर अगाडी बढायौ ।  हिंडडुलकै क्रममा अलिक पर एकजना त्यहाँको स्थानिय जस्तो देखिन्ने ब्यक्ति  वल्छी हान्दै गरेको दृश्यलेहाम्रो ध्यान खिच्यो । बल्छिमा माछा पर्ने बितीकै यसो अन्दाज़ गरेर कोही माछा उस्को भाँडामा हाल्थ्यो तकोही समुन्द्र तिरै छोडीदीन्थ्यो। हामी उस्को त्यस्तो कृयाकलाप देखेर चकीत भयौ। तर पछी हामीलाईथाहा  भयो त्यहाँ सार्है सानो माछा वा सार्है ठुलो  मार्न नपाईन्ने नियम रहेछ कारण सानो माछा पछी ठुलोभएपछि त्यसले धेरैको भोक टार्न सक्छ र ठुलोले अरु धेरै माछाहरु जन्माउँछ र धरैको छाक टर्छ भन्नेहिसाव रहेछ।  बास्तवमा त्यहाँ कुनै पनि  कानुन नियमन गर्ने प्रहरी प्रशासन हरु संधै उपस्थित हुन्न तर सबै मानीसहरुआफै बुझेर आफनै विवेकलेके नियम कानुनको पालना गर्दछन। सबै नागरिकमा सचेतना, आफनो कामकर्तव्य , अधिकार र स्वतन्त्रता के हो भन्ने विषयमा काम्रो ज्ञान भएपछी  खासै कानुन र नियमक पनिजरुरि हुने नरैछ जस्तो लाग्यो।  यी विकसित मुलुहरुको नमुनाहरु लाई सुष्म रुपमा हेर्ने हो भने राष्ट्र विकास हुनको लागी सबैभन्दा पहिलाप्रत्येक नागरिकको अनुशासन र आचरणमा सुधार आउन एकदम जरुरि रहेछ भन्ने कुरा प्रष्ट हुन्छ। जवदेशको हरेक नागरिकलाई समाज र राष्ट्र प्रतिको कर्तव्य बोध हुन थाल्छ अनि मात्र देश विकाशउन्मुख हुनेसम्भावना हुन्छ। जव सम्म म र मलाई भन्ने संस्कारको अन्त्य भएर हामी भन्ने कुराले प्रोत्साहन पाउँदैन तवसम्म राष्ट्र विकाशको पिरकल्पना गर्न गार्हो हुन्छ। तर विडम्वना यसको ठिक विपरीत हाम्रो देशमा अधिकार मात्र खोज्न सिकाईन्छ तर कर्तव्य सिकाईन्न।स्वतन्त्रता पाउनुपर्छ भन्दै जुलुसमा होमाईन्छ  तर अनुशासन पढाईन्न। एकताक भारतमा माहात्मा गान्धी लेभन्नुहुन्थ्यो रे ” अंग्रेजले हामीलाई अधिकार खोज्न सिकायो तर ख़ास मा हामीले कर्तव्य खोज्नु पर्ने हो “।  कर्तव्य कती ठुलोकुरा रहेछ भन्ने कुरा यो महान व्यक्ति को भनाई बाट पनि पुष्टी हुन्छ।


Share this post on:
        

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

© 2025 Mabuhangkanchha.com